Kathmandu Press

कार्यालय समयमा लाइसेन्सको अनलाइन आवेदन फारम भर्न नपाईने 

काठमाडौं, कात्तिक २९ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन फारम अबदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको...
कार्यालय समयमा लाइसेन्सको अनलाइन आवेदन फारम भर्न नपाईने 

काठमाडौं, कात्तिक २९ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन फारम अबदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ ।

दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि आज एक सुचना जारी गर्दै कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरेको यातायात कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले केही दिन कार्यालय समयमा प्रणालीमा अनलाइन आवेदन भर्न नसकिने बताए ।

विभागको अनलाइन प्रणालीमा दिउँसो कार्यलयहरुले सेवा दिनुपर्ने भएकाले यस्तो अवस्था आएको विभागले जनाएको छ । 

प्रकाशित मिति: २०:०८ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्