गण्डकीमा ५७ सङ्क्रमणमुक्त
काठमाडौं, कात्तिक २९ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।यस अवधिमा २६ जना सङ्क्रमित थपिएको र एक...काठमाडौं, कात्तिक २९ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यस अवधिमा २६ जना सङ्क्रमित थपिएको र एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी संयोजक नवराज शर्माले जानकारी दिए ।
मृत्यु हुनेमा स्याङ्जाको पुतली बजार नगरपालिका–८ का ६९ वर्षीय पुरुष रहेको उनले जानकारी दिए। निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०३ जना पुगेको छ ।
प्रदेशमा सक्रिय सङ्क्रमित ३२७ जना रहेको र होम आइसोलेशनमा २९२ जना रहेको जनाइएको छ ।
प्रकाशित मिति: १९:२१ बजे, सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१