Kathmandu Press

६ प्रदेश चुनिए राप्रपा अध्यक्ष, लुम्बिनीको परिणाम आउन बाँकी   

काठमाडौं, कात्तिक २९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार एकैसाथ सम्पन्न प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।आइतबार सुरु भएको अधिवेशनले ६ प्रदेशको...
६ प्रदेश चुनिए राप्रपा अध्यक्ष, लुम्बिनीको परिणाम आउन बाँकी   

काठमाडौं, कात्तिक २९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार एकैसाथ सम्पन्न प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

आइतबार सुरु भएको अधिवेशनले ६ प्रदेशको नेतृत्व चयन गरिएको छ। एउटा प्रदेशको भने परिणाम आउन बाँकी छ। 

अधिवेशनले प्रदेश १ मा राम थापा र प्रदेश २ मा भरत गिरीलाई अध्यक्षमा निर्वाचित गरेको छ। गण्डकी प्रदेशमा हेमजंग गुरुङ निर्वाचित हुँदा बागमती प्रदेशमा विक्रमबहादुर थापाले अध्यक्षको जिम्मेवारी पाएका छन्।

कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन बनेका छन्।

लुम्बिनी प्रदेशमा भने मतदानको परिणाम आउन बाँकी रहेको राप्रपाले जनाएको छ। त्यहाँ प्रदीपकुमार उदय र ऋषिराज देवकोटा उमेदवार छन्।

राप्रपाले पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने विधि अपनाएको छ।

राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ। त्यसअघि मंसिर ३, ४ र ५ गते महाधिवेशन प्रतिनिधि छनोट गर्ने राप्रपाको कार्यतालिका रहेको जनाइउको छ।

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्