Kathmandu Press

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, कात्तिक २९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, कात्तिक २९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ। 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.१० अङ्कले उकालो लागेर ५०६.५४ मा पुगेको छ। नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै उकालो लाग्न सकेन। कूल २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ मूल्यमा खरिद बिक्री भए।

नेप्सेका अनुसार सोमबार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ। बैंकिङ ०.९६, व्यापार ५५.९४, होटल तथा पर्यटन ५८.५४, विकास बैंक १४१.४७, जलविद्युत् ५०.०५, वित्त ५७.८४, निर्जीवन बीमा २१२.४, उत्पादन १०९.४९, अन्य १८.३१, लघुवित्त ६३.३८, जीवन बीमा ११३.२४, सामूहिक लगानी कोष ०.०३ र लगानी १.६९ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको रु ३५ करोड ४६ लाख ४० हजार ८२३ बराबरको कारोबार भयो। यस्तै, एचआइडिसिएल रु. २८ करोड ६४ लाख ९२ हजार ९८३, लुम्बिनी विकास बैंक रु २३ करोड ७९ लाख ८२ हजार १०१, नबिल बैंक रु १६ करोड १५ लाख १७ हजार ७९० र ज्योति विकास बैंकको रु १३ करोड ९२ लाख ९४ हजार ९९७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

कारोबारका आधारमा बोटलर्स तराई, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी ९.६१ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ८.७० प्रतिशतले कमाए ।

महालक्ष्मी विकास बैंक ४.४६, माउण्टेन इनर्जी २.८४, एसबिएल डिवेञ्चर २, माछापुच्छ्रे बैंकको डिवेञ्चर र एनएमबी ५० का लगानीकर्ताले १.८४ प्रतिशतले गुमाए।

प्रकाशित मिति: १७:४७ बजे, सोमबार, कात्तिक २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्