Kathmandu Press

कोरियामा काम गरेर फर्केकालाई फेरि लान पुसमा भाषा परीक्षा 

काठमाडौं, कात्तिक २९ : दक्षिण कोरियामा काम गरी वैधानिक तवरले फर्केका श्रमिकलाई फेरि कोरिया लान आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुने भएको...
कोरियामा काम गरेर फर्केकालाई फेरि लान पुसमा भाषा परीक्षा 

काठमाडौं, कात्तिक २९ : दक्षिण कोरियामा काम गरी वैधानिक तवरले फर्केका श्रमिकलाई फेरि कोरिया लान आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुने भएको छ।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाबाट काम गरेर फर्केका श्रमिकलाई फेरि लान भाषा परीक्षा हुन लागेको हो।

इच्छुक तथा योग्य व्यक्तिले अनलाइनमार्फत आवेदन दिन इपीएस कोरिया शाखाले सूचनामार्फत आह्वान गरेको छ।

मंसिर ६ देखि ८ सम्म आवेदन दिइसक्नुपर्ने शाखाले जनाएको छ। मंसिर २४ मा परीक्षा तालिका घोषणा गरिने, पुस १देखि ७ सम्म परीक्षा सञ्चालन गरिने र पुसको दोस्रो सातापछि तुरुन्त नतिजा प्रकाशन गर्ने शाखाको सूचनामा उल्लेख छ।

एकपटक कोरिया गएर फर्केकाले फेरि कोरिया जान कोरियाकै मानव संसाधान विकास सेवा (एचआरडी) बाट सञ्चालन हुने कम्प्युटरमा आधारित भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। त्यसलाई कोरियन भाषा विशेष परीक्षा ‘स्पेसल इपिएस टोपिक’ भनिन्छ।

यस्तै एचआरडी कोरिया बाट ‘स्पेसल ईपीएस टोपिक’ परीक्षामा सहभागी हुनसक्ने भनि प्राप्त भएका नामावलीमा आफ्नो नाम यकिन गरेर मात्र आवेदन भर्न शाखाको अनुरोध छ ।

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, कात्तिक २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्