Kathmandu Press

आँट नभएकाहरू एमालेकै ढोकामा रोइकराइ गरिरहेछन् : नेपाल

काठमाडौं, कात्तिक २९ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूमा आँट गर्ने क्षमता भएकै कारण एमालेमा विद्रोह गर्न सकेको बताएका छन्। आँट...
आँट नभएकाहरू एमालेकै ढोकामा रोइकराइ गरिरहेछन् : नेपाल

काठमाडौं, कात्तिक २९ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूमा आँट गर्ने क्षमता भएकै कारण एमालेमा विद्रोह गर्न सकेको बताएका छन्। आँट नभएकाहरू भने एमालेको ढोकामा रोइकराइ गरेर बसिरहेको भनी टिप्पणी गरे।

‘आँट हुनेहरु नयाँ संरचना बनाएर अघि बढ्छन्, किनभने समयले हामीलाई कुर्दैन,’ अध्यक्ष नेपालले भने, ‘आँट नभएकाहरु ढोका बाहिर रोएर कराएर बसिरहेका छन्।’ 

आज एकीकृत समाजवादीको नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनको रक्षार्थ विद्रोह अनिवार्य हुन पुगेकाे स्पष्ट पारे।

अध्यक्ष नेपालले विद्रोह हुनुभन्दा अघिको सन्दर्भ उप्काउँदै एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफूहरुले विद्रोह गरेर अर्को पार्टी बनाएको बताए।  ‘जब स्पेस हुन्छ तब अन्तरपार्टी संघर्ष चल्छ। जहाँ ढोका बन्द गरिन्छ, छिर्न नै दिइँदैन, छिरिसकेपछि निस्सासिने अवस्था आउँछ, निस्सासिएपछि विद्रोह हुन्छ,’ उनले भने।

प्रवेश नपाइपछि कि ढोका तोड्ने स्थिति हुन्छ कि बाइबाई भनेर नयाँ संरचनाका साथ अगाडि बढ्नुपर्ने अवस्था आउने उनको भनाइ थियो। 

प्रकाशित मिति: १५:४१ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्