Kathmandu Press

तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ      

काठमाडौं, कात्तिक २९ : तास खेलिरहेको अवस्थामा काठमाडौंको गोकर्णेश्वर पाँचजना पक्राउ परेका छन्।  गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाँउस्थित मिना कुमारी श्रेष्ठको टहरामा तास खेलिरहेको अवस्थामा...
तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ      

काठमाडौं, कात्तिक २९ : तास खेलिरहेको अवस्थामा काठमाडौंको गोकर्णेश्वर पाँचजना पक्राउ परेका छन्।  

गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाँउस्थित मिना कुमारी श्रेष्ठको टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा डेरा गरी बस्ने सोलुखुम्बु घर भएका २६ टासी शेर्पा लगायत ५ जनालाई  आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त टहरामा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई  नगद ४७ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:५६ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्