कोकाकोलाको क्यापमा कार अफर
काठमाडौं, भदौ १ : कोकाकोला नेपालले ‘कोकाकोला क्यापमा कार अफर’ ल्याएको छ । यो योजना भदौ १४ गतेसम्म लागू हुने जनाएको छ।
कोकाकोलाले....

काठमाडौं, भदौ १ : कोकाकोला नेपालले ‘कोकाकोला क्यापमा कार अफर’ ल्याएको छ । यो योजना भदौ १४ गतेसम्म लागू हुने जनाएको छ।
कोकाकोलाले उपभोक्तालाई टाटा टियागो गाडी र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गरिएको जनाएको छ।
यो अफरमा ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोकाकोला, स्प्राईट र फ्यान्टा किनेर ‘लक्की ड्र’का लागि कन्टेस्टमा सहभागी हुन सकिनेछ।
हरेक दिन ‘लक्की ड्र’मार्फत आयोजना गरिने र उपभोक्ताले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्ने कम्पनीले जनाएको छ।
यसका लागि बिर्कोमूनि रहेको आठ अंकको यूनिक कोड टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्नेछ। उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने ‘लक्की ड्र’का लागि कम्पनीले पठाउने छ र त्यसपछि मात्र ‘बम्पर लक्की ड्र’ हुनेछ।
पुरस्कारको दाबी गर्न कोड प्रिन्ट भएको बोतलको बिर्को पनि राख्नुपर्ने कोकाकोलाले जनाएको छ।










-1754206481.jpg)
