Kathmandu Press

ग्रेन क्यानेरियामा डुंगा दुर्घटना : आठ आप्रवासीको मृत्यु

म्याड्रिड, कात्तिक २९ : ग्रेन क्यानेरियाको एक टापुस्थित समुद्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ। आइतबार क्यानरे सामुद्रिक किनारमा सो...
ग्रेन क्यानेरियामा डुंगा दुर्घटना : आठ आप्रवासीको मृत्यु

म्याड्रिड, कात्तिक २९ : ग्रेन क्यानेरियाको एक टापुस्थित समुद्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ। आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ।

सो डुंगाले कम्तीमा पनि ६२ जना यात्रु बोकेको थियो। त्यस दुर्घटनाका क्रममा ती आठ जनाको ज्यान गएको र अरुको सकुशल उद्धार गरिएको थियो।

डुगा दुर्घटना भएपछि तुरुन्त उद्धारको काम थालिएको थियो। यस क्रममा सातजनाको शव भेटिएको र अर्का एकजनाको अस्पताल लैजाने क्रममा निधन भएको यहाँका अधिकारीले जनाएका छन्।

यस स्थानबाट आप्रवासीहरुले निकै नै जोखिमपूर्ण अवस्थाबाट यात्रा गर्ने गर्दछन्। यसका कारण यहाँ यसअघि पनि कैयौँ आप्रवासीको यात्राकै क्रममा निधन भएको थियो।

यस उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन् । तर यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ।

प्रकाशित मिति: १३:३९ बजे, सोमबार, कात्तिक २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्