प्रधानन्यायाधीशसँग वार्ता नगर्ने बार एसोसिएसनको निर्णय
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ ।
काठमाडौं, कात्तिक २९ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ ।
समय घर्किसकेकाले प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने निर्णय भएको बार महासचिव लीलामणि पौडेलले जानकारी दिए ।
‘उहाँलाई हामीले दिएको समय घर्किसकेको छ । अब वार्तामा बस्नुको औचित्य छैन,’ पौडेलले काठमाडौं प्रेससँग भने, ‘उहाँलाई हामीले प्रधानन्यायाधीश नै मानेका छैनौँ । देशभरका इजलासमा बहस बहिष्कार गरेका छौँ । त्यसैले वार्तामा बस्दैनौँ ।’
सोमबार सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालमार्फत विज्ञप्ति सार्वजनिक गर्दै प्रधानन्यायाधीश जबराले बारलाई वार्ताका लागि आह्वान गरेका थिए । उनको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा देशभरका कानून व्यवसायी आन्दोलनमा छन् ।
प्रकाशित मिति: १२:४१ बजे, सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)


