Kathmandu Press

वायु सेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालय तानियो

नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ ।
वायु सेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालय तानियो

काठमाडौं, कात्तिक २९ : नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानिएको छ ।

आफूलाई विज्ञका रूपमा काम गर्ने गरी मन्त्रालय तानिएको पौडेलले जानकारी दिए ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले निगमको महाप्रबन्धक नियुक्त गरेको थियो ।

निगममा युवराज अधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएपछि पौडेल कार्यकारी भूमिकामा थिएनन् ।

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्