Kathmandu Press

विपद व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो : मन्त्री कार्की

विराटनगर, कात्तिक २९ :  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताएका छन् । उनले...
विपद व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो : मन्त्री कार्की

विराटनगर, कात्तिक २९ :  प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताएका छन् । उनले भने, ‘यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ।’

ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग आइतबार आयोजित अन्तरक्रियामा मन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारीरूपले काम गर्न सकिने बताए। 

‘स्थानीय रूपमा हामीले नगरपालिकाका नगर प्रहरीलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सक्छौं,’ उनले भने, ‘विपद्का लागि अत्यावश्यक वस्तुको व्यवस्थापनमा कमजोरी हुने छैन।’

जनप्रतिनिधि र दलका नेतृत्व पनि समाजको सदस्य नै भए पनि उनीहरूको आचरण तथा व्यवहार सोहीअनुरूप हुने भन्दै गलत काम गर्न नदिन जनताले खबरदारी गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिए।
 
ओखलढुंगाका सहायक प्रजिअ अर्जुनकुमार मण्डलले जिल्लामा विपदबाट भएको क्षति र बचावटसम्बन्धी भएगरिएका कामबारे जानकारी गराए। कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, रेडक्रस, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

प्रकाशित मिति: १२:१० बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्