Kathmandu Press

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं, कात्तिक २९ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेर ९४ हजार ३०० रुपैयाँ तोकिएको छ। पहेँलो धातु...
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौं, कात्तिक २९ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेर ९४ हजार ३०० रुपैयाँ तोकिएको छ। पहेँलो धातु आइतबार प्रतितोला ९४ हजार ६००रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको छ जसको मूल्य आइतबार प्रतितोला ९४ हजार १०० रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले 

अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५७ डलर आसपासमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: ११:४० बजे, सोमबार, कात्तिक २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्