Kathmandu Press

प्रधानन्यायाधीश जबराले गरे बार एसोसिएसनलाई वार्ताको आह्वान (विज्ञप्तिसहित)

आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवादमा आउन आह्वान गरेका छन् ।
प्रधानन्यायाधीश जबराले गरे बार एसोसिएसनलाई वार्ताको आह्वान (विज्ञप्तिसहित)

काठमाडौं, कात्तिक २९ : आफ्नो राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवादमा आउन आह्वान गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालमार्फत विज्ञप्ति प्रकाशित गर्दै जबराले यस्तो आह्वान गरेका हुन् ।

सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरूको धर्ना जारी रहँदा प्रवक्ता दाहालले आफ्नो कार्यकक्षमा प्रधानन्यायाधीशको प्रेस विज्ञप्ति वाचन गरेर सञ्चारकर्मीहरूलाई सुनाएका थिए ।

विज्ञप्तिमा जबराले बार एसोसिएसन र आफूबीच भएका संवाद र अन्तक्र्रियाबाट प्राप्त सुझावहरू तथा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन आफू तयार रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति: ११:२९ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्