आगामी चुनावमा कांग्रेस एक्लै चुनाव लड्छ : सभापति देउवा
आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री समेत रहेका देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति नभएको प्रष्टाएका हुन् ।
काठमाडौं, कात्तिक २८ : सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने बिषयमा सहमति नभएको प्रष्टाएका छन् ।
आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री समेत रहेका देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति नभएको प्रष्टाएका हुन् ।
चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बताएका छन् । ‘आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो’, देउवाले बैठकमा भने ।
प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र (समन्वय समिति) राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको पनि बताए ।
प्रकाशित मिति: २०:०४ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)