नेपाली बजारमा विभिन्न ब्रान्डका पाँच सस्ता बाइक
काठमाडौं, भदौ १ : नयाँ पुस्तालाई मध्यनजर गर्दै विभिन्न कम्पनीले सस्ता बाइक नेपाली बजारमा भित्र्याएका छन्।
नेपालकोे सडक अवस्था र न्यून आयस्रो....

काठमाडौं, भदौ १ : नयाँ पुस्तालाई मध्यनजर गर्दै विभिन्न कम्पनीले सस्ता बाइक नेपाली बजारमा भित्र्याएका छन्।
नेपालकोे सडक अवस्था र न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी सस्ता बाइक नयाँ पुस्तामा लोकप्रिय भएका छन्।
सुजुकीले हायाटे इपि मोटरसाइकललाई भिजि अटोमोबाइल कम्पनीले नेपाली बजारमा ल्याएको छ। यो मोटरसाइकलको ११३ सिसि इन्जिन क्षमता रहेको छ।
यस मोटरसाईकलको मूल्य एक लाख ७९ हजार रहेको कम्पनीले जनाएको छ।
यामाहाले ‘साल्टो ड्रम’ बान्डको मोटरसाइकल पनि बजारमा ल्याएको छ। साल्टो ड्रम मोटरसाइकलको मूल्य एक लाख ८९ हजार नौ सय रहेको कम्पनीले जनाएको छ।
१२५ सिसि इन्जिन क्षमताको यो मोटरसाइकल भारतमा उत्पादन भएको हो। यसलाई मव इन्टरप्राइजेजले नेपाली बजारमा ल्याएको हो।
त्यस्तै, टिभिएसले रेडियन मोडलको सस्तो मोटरसाइकल बजारमा ल्याएको छ।
११० सिसि इन्जिन क्षमता भएको यो मोटरसाइललाई जगदम्बा मोटरर्सले नेपाल भित्र्याएको हो। रेडियनको मूल्य एक लाख ७८ हजार नौ सय रहेको छ।
बजाजले प्लाटिना ब्रान्डको मोटरसाइकल पनि बजारमा ल्याएको छ। जसको मूल्य एक लाख ६४ हजार रहेको छ । प्लाटिनाको १०२ सिसि इन्जिन क्षमता रहेको छ। यसलाई हंसराज हुलासचन्द कम्पनीले नेपाली बजारमा ल्याएको हो।
त्यस्तै, युवा पुस्ताको रोजाइमा रहेको होन्डाको सिबी साइन डीआरएस मोटरसाइकल स्याकर कम्पनीले नेपाल भित्र्याएको हो। यसको मूल्य दुई लाख पाँच हजार नौ सय छ। यो १२५ सिसि इन्जिन क्षमताको छ।










-1754206481.jpg)
