Kathmandu Press

अदालतको विवादबारे मौन बसे पार्टीले मूल्य चुकाउनु पर्छ : नेता थापा

काठमाडौं, कात्त्कि २८ : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्च अदालतको विवादमा सरकार मौन बसे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।प्रधानमन्त्रीसमेत रहेका पार्टी...
अदालतको विवादबारे मौन बसे पार्टीले मूल्य चुकाउनु पर्छ : नेता थापा

काठमाडौं, कात्तिक २८ : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्च अदालतको विवादमा सरकार मौन बसे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्य थापाले पार्टीको मौनतामाथि प्रश्न उठाएका हुन्।

उनले भने, ‘अदालतमा जे भइरहेको छ, त्यसमा हामी यत्तिकै बस्यौं भने कांग्रेस र व्यवस्था दुबैले ठूलो मूल्य चुकाउनुपर्छ।’

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन आन्दोलनरत छ, भने सर्वोच्च अदालतकै न्यायाधीशहरु पनि इजलासमा बसेका छैनन्। तर सरकार र सत्तारुढ दलहरु भने यो विवाद अदालतको आन्तरिक भएकाले उसैले सल्टाउने भन्दै मौन बसेका छन्।

प्रकाशित मिति: १९:०४ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्