Kathmandu Press

कांग्रेसले नेतृत्व चयन र नीति निर्माणका लागि छुट्टाछुट्टै अधिवेशन गर्ने 

काठमाडौं, कात्तिक २८ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको नीति महाधिवेशन छुट्टै गर्ने भएको छ।आइतबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले नेतृत्व...
कांग्रेसले नेतृत्व चयन र नीति निर्माणका लागि छुट्टाछुट्टै अधिवेशन गर्ने 

काठमाडौं, कात्तिक २८ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको नीति महाधिवेशन छुट्टै गर्ने भएको छ।

आइतबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले नेतृत्व चयन र नीति निर्माणका लागि छुट्टाछुट्टै अधिवेशन गर्ने निर्णय गरेको हो  । यो निर्णयसँगै मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्व चयन मात्र हुने भएको छ ।

महाधिवेशनको समयावधि थोरै रहेको र धेरै प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकाले काँग्रेसले राष्ट्रिय महाधिवेशनपछि पार्टीको नीतिबारे वृहत छलफल गर्नेगरी यस्तो निर्णय भएको हो ।

१४औं महाधिवेशनदेखि महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशनको रुपमा लिएर जाने र त्यसपछाडि महाधिवेशनले अधिकार प्रत्यायोजन गरेर नयाँ आउने केन्द्रीय कार्यसमितिले नीति र कार्यक्रमको सन्दर्भमा अर्को अधिवेशन गर्ने र त्यसबाट पार्टीको नीति र कार्यक्रमको विषयलाई निर्धारण गरिने कांग्रेसले जनाएको छ । 
 

प्रकाशित मिति: १८:४२ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्