भीरबाट लडेर एक महिलाकाे मृत्यु

बाजुरा, कात्तिक २८ : बुढिनन्दा नगरपालिका २ कोल्टी बस्ने ४१ वर्षीया जान देबी खत्री रेग्मीको भीरबाट लडेर मृत्यु भएको छ। सोही नगरपालिकास्थित दाङ्साङ भीरबाट लडेर आइतबार बिहान उनको मृत्यु भएको हो।
दाङसाङस्थित खेतबाट घर फर्कने क्रममा उक्त भीरबाट करिब १ सय ५० मिटर तल खसेर उनको घटनास्थमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुढिनन्दाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १८:३४ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)