Kathmandu Press

पौडी खेल्नेक्रममा डुबेर एक जनाकाे मृत्यु 

कास्की, कात्तिक २८ :  पोखरा महानगरपालिका १७ पावर हाउस नजिक फुस्रे खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ। भारत राजस्थान घर भई...
पौडी खेल्नेक्रममा डुबेर एक जनाकाे मृत्यु 

कास्की, कात्तिक २८ :  पोखरा महानगरपालिका १७ पावर हाउस नजिक फुस्रे खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ। भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमविविएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विश्‍वास पुनीको आइतबार बिहान मृत्यु भएको हो। 

साथीहरूसँग उक्त खोलामा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्