Kathmandu Press

व्यासमा हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

काठमाडौं, कात्तिक २८ : तनहुँको व्यास नगरपालिकाले यही कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ ।नगरपालिकाको कात्तिक २३ गते बसेको...
व्यासमा हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

काठमाडौं, कात्तिक २८ : तनहुँको व्यास नगरपालिकाले यही कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाको कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

व्यास नगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक बिदा दिइएको व्यासनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।

त्यसैगरी व्यास नगरपालिका भित्रका सामुदायिक तथा निजी शैक्षिक संस्था एवं अन्य सङ्घ संस्थाहरूमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्