इन्धनको मूल्य बढेपछि आन्तरिक उडानको भाडा पनि बढ्यो
काठमाडौं, कात्तिक २८ : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई उडानको भाडा पनि बढेको छ ।हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर...
काठमाडौं, कात्तिक २८ : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई उडानको भाडा पनि बढेको छ ।
हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुगेपछि आन्तरिक हवाई उडानको भाडा पनि बढेको हो ।
भोलि सोमवारदेखि लागू हुने नयाँ शूल्क अनुसार धनगढीको भाडा सबैभन्दा धेरै दुई सय २० रुपैयाँले बढेको छ भने सबैभन्दा कम डोटी–साफे बगरको भाडा २० रुपैयाँले बढेको छ ।
वायु सेवा सञ्चालक सङ्घका अनुसार निगमले हवाई इन्धनको पाँच रुपैयाँ बढाएपछि सरचार्ज वृद्धि भएको हो ।
काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको वायुसेवा संचालक संघले जनाएको छ ।
प्रकाशित मिति: १८:२४ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
