अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच छलफल
काठमाडौं, कात्तिक २८ : बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा र...
काठमाडौं, कात्तिक २८ : बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ।
अर्थ मन्त्रालयमा आज भएको छलफल नियमित भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको आगामी मङ्सिरको पहिलो साता समीक्षा गर्ने तयारी गरेको छ।
यसअघि अर्थमन्त्री शर्माले क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधान गर्ने विषयमा छलफल गरेका थिए। अर्थमन्त्रीका प्रेस सल्लाहकार गोविन्द रोकाले आजको छलफल नियमित भएको राससलाई प्रतिक्रिया दिए।
प्रकाशित मिति: १८:०३ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
