Kathmandu Press

गद्दाफीका छोराले लिबियाको राष्ट्रपति पदमा उम्मेदवारी दिने

कायरो, कात्तिक २८ : लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।सेफ अल–इस्लामले...
गद्दाफीका छोराले लिबियाको राष्ट्रपति पदमा उम्मेदवारी दिने

कायरो, कात्तिक २८ : लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सेफ अल–इस्लामले दक्षिणी सहर सबाहमा आफ्नो उम्मेदवारीको कागजात पेस गरेको लिबियाको निर्वाचन एजेन्सीले आइतबार जानकारी दिएको छ।

गद्दाफीका छोरालाई सन् २०११ को अन्तमा लडाकुहरूले कब्जामा लिएका थिए। सेफ अल–इस्लाम पाँच वर्षभन्दा बढी हिरासतमा रहेपछि सन् २०१७ को जुनमा रिहा भएका थिए।

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, कात्तिक २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्