कांग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा सुरू

काठमाडौं, कात्तिक २८ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा साँझ ५ बजे बैठक सुरू भएको हो।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक चार घन्टा ढिला सुरू भएको हो।
बैठकमा १४औं महाधिवेशन कार्यतालिका अनुमोदन र महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्ने कार्यसूची रहेको छ।
केन्द्रीय समिति बैठक सुरु हुनुअघि देउवा निवासमै कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो। सो बैठकले सातै प्रदेशमा महाधिवेशन समन्वय समिति बनाउने सहमति गरेको जनाइएको छ।
कांग्रेस महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म हुँदैछ।
प्रकाशित मिति: १७:१८ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
