विश्वासको मत लिन मुख्यमन्त्री राईले गराए प्रस्ताव दर्ता
काठमाडौं, कात्तिक २८ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभा सचिवालयमा विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गराएका छन्।उनले आज स्वकीय सचिव सन्दीप राईमार्फत विश्वासको...
काठमाडौं, कात्तिक २८ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभा सचिवालयमा विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गराएका छन्।
उनले आज स्वकीय सचिव सन्दीप राईमार्फत विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गराएका हुन्। मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिनुभन्दा दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ।
गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने उनले बताउँदै आएका छन्।
प्रदेश १ प्रदेशसभा ९२ सदस्यीय छ । विश्वासको मतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट ५० सांसदको उनलाई समर्थन प्राप्त छ।
प्रतिपक्षी दल एमालेसँग ४० र राप्रपाका एक जना सांसद् छन्।












-(7)-1765197040.jpg)