Kathmandu Press

कर्णालीका नवनियुक्त मुख्य न्यायाधिवक्तामा श्रेष्ठले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्य न्यायाधिवक्तामा श्रेष्ठले लिए शपथ

सुर्खेत, कात्तिक २८ : कर्णाली प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्तामा ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। श्रेष्ठले आजै पदबहाली पनि गरेका छन्।

संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिवक्तामा  नियुक्त उनले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

उक्त शपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रदेश प्रमुख र सचिवहरुको उपस्थिति रहेको थियो।

मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई नियुक्त गरेका थिए।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ निवासी श्रेष्ठ २०४८ सालदेखि न्याय क्षेत्रमा आबद्ध छन्। उनले कानुनशास्त्र एमए बिएल र राजनीतिक शास्त्रमा एमए गरेका छन्।

यसअघि मुख्य न्यायधिवक्ताको रुपमा रहेको मातृका प्रसाद खनाल थिए।

प्रकाशित मिति: १६:२७ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्