Kathmandu Press

देशभरिमा ३०६ कोरोना संक्रमित थपिँदा ६ जनाको मृत्यु 

काठमाडौं, कात्तिक २८ : पछिल्लो २४ घन्टामा देशभरिमा ३०६ जना कोरोना संक्रमित थपिएका छन्।८,००८ जनामा गरिएको पिसिआर परीक्षणबाट २९१ र १,५९८ जनामा गरिएको एन्टिजेन...
देशभरिमा ३०६ कोरोना संक्रमित थपिँदा ६ जनाको मृत्यु 

काठमाडौं, कात्तिक २८ : पछिल्लो २४ घन्टामा देशभरिमा ३०६ जना कोरोना संक्रमित थपिएका छन्।

८,००८ जनामा गरिएको पिसिआर परीक्षणबाट २९१ र १,५९८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९८,२७४ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४७७ पुगेको छ।

अहिले देशभरिमा ७,२१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ६,६९९ जना होम आइसोलेसनमा र ५१६ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २२२ जनाको आईसियुमा उपचार भइरहँदा ६७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:१० बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्