Kathmandu Press

प्रचण्ड अस्पतालबाट डिस्चार्ज 

काठमाडौं, कात्तिक २८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका छन्। पछिल्लो समय पार्टी कार्यक्रमका सिलसिलामा देश दौडाहा गिररहेका कारणा धपेडीले...
प्रचण्ड अस्पतालबाट डिस्चार्ज 

काठमाडौं, कात्तिक २८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका छन्। 

पछिल्लो समय पार्टी कार्यक्रमका सिलसिलामा देश दौडाहा गिररहेका कारणा धपेडीले रक्तचाप बढेसँगै रूघाखोकीले समेत सताएपछि उनी शनिबार ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए।

प्रचण्डलाई डाक्टहरुले केही दिन घरमै आराम गर्न सुझाएको उनको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनले अब केही दिन घरमै आराम गर्नेछन्।

प्रकाशित मिति: १४:४३ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्