Kathmandu Press

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

नयाँ दिल्ली, कात्तिक २८ : भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गरेका छन्।  दुई देशका बीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ।

‘भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,’ सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ। भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गरेका हुन्। 

रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उनको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 
 

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्