Kathmandu Press

भिरबाट लडेर एक किशोरको मृत्यु    

प्युठान, कात्तिक २८ : भिरबाट लडेर प्युठानमा एक किशोरको मृत्यु भएको छ ।माण्डवी गाउँपालिका–५ स्थित सिख्रे भिरबाट लडेर सोही ठाउँ बस्ने १८ वर्षीय अजय...
भिरबाट लडेर एक किशोरको मृत्यु    

प्युठान, कात्तिक २८ : भिरबाट लडेर प्युठानमा एक किशोरको मृत्यु भएको छ ।

माण्डवी गाउँपालिका–५ स्थित सिख्रे भिरबाट लडेर सोही ठाउँ बस्ने १८ वर्षीय अजय परियारको शनिबार बिहान मृत्यु भएको प्रहरीको भनाइ छ। 

उक्त भिरबाट शुक्रबार साँझ करिब १ सय ५० मिटर तल लडेर गम्भीर घाइते भएका उनलाई शनिबार आफ्न्तले फेला पारी जिल्ला अस्पताल बिजुवार लगेकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:३४ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्