मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो, भागदौडमा नौजना घाइते
काठमाडौं, कात्तिक २८ : मुस्ताङको कोबाङ क्षेत्रमा आइतबार दिउँसो हिमपहिरो गएपछि भागदौडमा नौजना घाइते भएका छन्।मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको र सोही हिमालको...काठमाडौं, कात्तिक २८ : मुस्ताङको कोबाङ क्षेत्रमा आइतबार दिउँसो हिमपहिरो गएपछि भागदौडमा नौजना घाइते भएका छन्।
मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको र सोही हिमालको फेदी थासाङ गाउँपालिका–२ को जनआदर्श माविका शिक्षक र विद्यार्थी भाग्ने क्रममा घाइते भएको जल्ला प्रहरी कार्यलय मुस्ताङले जनाएको छ।
उपचारका लागि घाइतेलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। नजिकै हिमपहिरो खसे पनि विद्यालयमा भने असर नपरेको बताइएको छ।
हिमपहिरो गएको क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटरभन्दा टाढा पर्ने प्हरीको भनाइ छ। त्यस क्षेत्रमा प्रहरीको टोली पठाइसकिएको जनाइएको छ।
प्रकाशित मिति: १४:११ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
