Kathmandu Press

संखुवासभाको खाँदबारीमा आज र भोलि सार्वजनिक बिदा

संखुवासभा, कात्तिक २८ : संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा आज र भोलि सार्वजनिक बिदा दिएको छ।धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाका अवसरमा...
संखुवासभाको खाँदबारीमा आज र भोलि सार्वजनिक बिदा

संखुवासभा, कात्तिक २८ : संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा आज र भोलि सार्वजनिक बिदा दिएको छ।

धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाका अवसरमा सार्वजनिक बिदा दिइएको साे गाउँपािलकाले जनाएकाे छ।

आज बिहान बसेको कार्यपालिका बैठकले स्थानीय पर्व शीर्षकमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको खाँदबारी नगरपालिकाले जनाएको छ।

सार्वजनिक बिदाका दुई दिन सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बिदा रहने जनाइएको छ।

चर्चित धाम मनकामना परिसरमा हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्ने भएकाले झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुमलगायत भारतका विभिन्न स्थानबाट भक्तजना आउँछन्।

प्रकाशित मिति: १३:०१ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्