पाल्पामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध
पाल्पा, कात्तिक २८ : नेकपा (एमाले)को दशौँ महाधिवेशनका लागि पाल्पामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन्।आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका...
पाल्पा, कात्तिक २८ : नेकपा (एमाले)को दशौँ महाधिवेशनका लागि पाल्पामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, बिमलप्रसाद काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई निर्विरोध चयन भएका छन्।
क्षेत्र नं २ बाट अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापा मगर, ओमबहादुर घर्तिमगर, नविन थापा, नारायणी शर्मा, गीता पाण्डे तथा उत्पिडिततर्फ ठाकुर लोहागुन र दीपक विश्वकर्मा चयन भएको जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बताए। महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षी धेरै रहेपनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो।
केन्द्रीय नेतृत्वमा रहेका तीन महाधिवेशन प्रतिनिधि पनि चयन भएका छन्। केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उक्त दलले यसअघि नै जिल्लाका दशवटै पालिका र ८१ वटा वडामा पनि सर्वसम्मत् रुपमा नेतृत्व चयन गरेको थियो।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
