Kathmandu Press

२०० रूपैयाँ उकालाे लाग्दा सुनको मूल्य तोलाकाे ९४,६००

काठमाडौं, कात्तिक २८ : नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु. २०० ले उकालो लागेर...
२०० रूपैयाँ उकालाे लाग्दा सुनको मूल्य तोलाकाे ९४,६००

काठमाडौं, कात्तिक २८ : नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु. २०० ले उकालो लागेर रु. ९४ हजार ६ सय कायम भएको छ। पहेँलो धातु गत शुक्रबार प्रतितोला रु. ९४ हजार ४०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ। अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ९०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य शुक्रबारका तुलनामा रु. १० ले उकालो लागेर १ हजार २ सय ९५ कायम भएको छ। चाँदी शुक्रबार प्रतितोला रु. १ हजार २ सय ८५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८ सय ६४ डलर आसपासमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:०९ बजे, आइतबार, कात्तिक २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्