Kathmandu Press

भेरीमा दुई दिनमा तीन कोरोना संक्रमितको मृत्यु

भेरीमा दुई दिनमा तीन कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज, कात्तिक २८ : नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना  संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार यही कात्तिक २५ गते पिसीआर गर्दा संक्रमण पुष्टि भएपछि उनीलाई अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो।

यसैगरी कैलाली लम्कीचुहा नगरपालिका–५ निवासी ७७ वर्षीय पुरुष र दाङ निवासी ४५ वर्षीया महिलाको शनिबार नै कोरोनाबाट निधन भएको थियो। 

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ४३१ जनाको कोरोनाबाट मृत्यु भएको छ।
 

प्रकाशित मिति: ११:१७ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्