Kathmandu Press

वकिलहरूलाई छल्दै दोस्रो गेटबाट कार्यालय पुगे प्रधानन्याधीश जबरा

 कानून व्यवसायीहरुको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन्। उनी वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन्।
वकिलहरूलाई छल्दै दोस्रो गेटबाट कार्यालय पुगे प्रधानन्याधीश जबरा

काठमाडौं, कात्तिक २८ : कानून व्यवसायीहरुको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत छिरेका छन्। 

उनी वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन्। नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिने कोशिस गरे पनि उनी अदालत प्रवेश गरिछाडेका हुन्। 

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलन गर्दै आएका छन्। 

शुक्रबार पनि चोलेन्द्र चोरबाटो हुँदै सर्वोच्च छिरेका थिए । 

प्रकाशित मिति: ११:१० बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्