प्रधानन्यायाधीश जबराले तोके आफूबाहेकका १० इजलासमा २७२ मुद्दाको पेशी
न्यायाधीशहरूको इजलास बहिष्कार र मुल गेटमा कानून व्यवसायीको धर्नाका बावजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबारका लागि १० वटा इजलासमा २७२ थान मुद्दाको पेशी तोकेका छन् ।
काठमाडौं, कात्तिक २८ : न्यायाधीशहरूको इजलास बहिष्कार र मुल गेटमा कानून व्यवसायीको धर्नाका बावजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबारका लागि १० वटा इजलासमा २७२ थान मुद्दाको पेशी तोकेका छन् ।
शुक्रबारजस्तै आइतबार पनि उनले आफ्ना लागि इजलास तोकेका छैनन् । आइतबारका लागि आठवटा संयुक्त र दुई एकल इजलास तोकिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा १२ र टंकबहादुर मोक्तानको इजलासमा १० वटा मुद्दाको पेशी तोकिएको छ ।
संयुक्त इजलासतर्फ न्यायाधीशहरू कुमार रेग्मी र डा. कुमार चुडालको इजलासमा सबैभन्दा बढी ६६ मुद्दाको पेशी तोकिएको छ । आइतबारका लागि बन्दी प्रत्यक्षीकरणका तीन मुद्दा मात्र पेशीमा चढेका छन् ।
प्रकाशित मिति: १०:५२ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
