प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने ६ जना पक्राउ
प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले अहिले सर्वोच्च परिसरबाट मूल गेटमा धर्ना दिइरहेको छ।
काठमाडौं, कात्तिक २८ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्ने ६ जनालाई सर्वोच्च अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको छ।
नुरप्रसाद अधिकारीसहितलाई प्रहरीले पक्रेको हो। प्रधानन्यायाधीशको विपक्षमा नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका बेला उनीहरुले समर्थनमा प्रदर्शन गरेका थिए।
प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले अहिले सर्वोच्च परिसरबाट मूल गेटमा धर्ना दिइरहेको छ।
प्रकाशित मिति: १०:४३ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
