सर्वोच्चको मूलगेटमा आज पनि वकिलहरूको धर्ना
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिएका छन् ।
काठमाडौं, कात्तिक २८ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिएका छन् ।
आइतबार बिहान नेपाल बार एसोसिएसनको अगुवाईमा वकिलहरुले सर्वोच्चको मुल गेटभित्रै प्रवेश गरेर धर्ना दिइरहेका छन् ।
शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए।
बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारको विरोध कार्यक्रमलाई आइतबार पनि जारी राख्ने घोषणा गरेका थिए।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ।
प्रकाशित मिति: ०९:३३ बजे, आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
