रौतहटमा कार दुर्घटना, चार जनाको मृत्यु
रौतहट, कात्तिक २८ : रौतहटमा गएराति कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। उनीहरु भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।सदरमुकाम गौर–चन्द्रनिगाहपुरसँग जोडिएको...
रौतहट, कात्तिक २८ : रौतहटमा गएराति कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। उनीहरु भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
सदरमुकाम गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्डअन्तर्गत यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक दुर्घटना भएको हो। भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
चन्द्रनगिाहपुरबाट गौरतर्फ गइरहेको यूके १२ सी २९०० नम्बरको कार झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। सडक पेटीबाट खसेको गाडी नहरको पानीमा डुबेको छ।
नहर नजिकै नियमित ड्युटीमा रहेको प्रहरीले कार दुर्घटना भएको देखेपछि उद्धार खटिएको थियो। जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगेर उद्धार गर्दासम्म चारै जनाको ज्यान गइसकेको एसपी बिनोद घिमिरेले जानकारी दिए।
मृतक चारै जनाको सनाखत भएको छैन। चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ।










![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
