Kathmandu Press

युक्रेनद्वारा नाटो र इयु  देशहरूसँग एयरलिफ्ट सम्झौतामा हस्ताक्षर

 कीभ, कार्तिक २७ : युक्रेनी सरकारी विमान निर्माता एन्टोनोभले रणनीतिक एयरलिफ्ट अन्तरिम समाधान कार्यक्रम अन्तर्गत उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघका...
युक्रेनद्वारा नाटो र इयु  देशहरूसँग एयरलिफ्ट सम्झौतामा हस्ताक्षर

 

कीभ, कार्तिक २७ : युक्रेनी सरकारी विमान निर्माता एन्टोनोभले रणनीतिक एयरलिफ्ट अन्तरिम समाधान कार्यक्रम अन्तर्गत उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघका सदस्य राष्ट्रहरूसँग एयरलिफ्ट सेवा सम्झौतामा हस्ताक्षर गरेको छ। यसबारे युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शुक्रबार जानकारी दिएको छ।

Hardik ivf

पाँच वर्षको सम्झौता अन्तर्गत, एन्टोनोभले स्थायी आधारमा दुईवटा एन(१२४(१०० विमानहरू उपलब्ध गराउनुपर्नेछ। तिनीहरू जर्मनीको लाइपजिग एयरपोर्टमा स्ट्यान्ड(बाई मोडमा पार्क गर्नुपर्नेछ। साथै एन्टोनोभले थप तीनवटा विमानहरू उपलब्ध गराउनु पर्नेछ। एन्टोनोभ कम्पनीको वाणिज्य विभागका प्रमुख ब्लागोभिस्नीले कीभमा एक मिडिया ब्रीफिंगमा पत्रकारहरूलाई उक्त जनाकारी दिएका हुन्।

आवश्यकता परेको खण्डमा एन्टोनोभले नाटो र ईयूको हितमा एयरलिफ्ट मिसनहरू गर्नका लागि एन्टोनोभले विश्वको सबैभन्दा ठूलो विमान एन (२२५ मृया, साथै एनटेइ एन (२६  र एन (७४ ट्राफिक विमानहरू उपलब्ध गराउँन सक्नेछ भन्ने पनि परिकल्पना गरिएको छ। 
उक्त कार्यक्रमले आफ्ना सदस्य राष्ट्रहरूलाई विशेष विमान चार्टर गर्न आफ्नो स्रोत जुटाउन अनुमति दिएको छ जसले गठबन्धनलाई हवाई मार्गबाट विश्वभर भारी कार्गो ढुवानी गर्ने क्षमता  बढाउँन मद्दत पुग्नेछ।
हाल, बेल्जियम, पोल्याण्ड, स्लोभाकिया, स्लोभेनिया, चेक गणतन्त्र, जर्मनी, नर्वे, हंगेरी र फ्रान्स गरी नौ देशहरू सलिस कार्यक्रममा सहभागी छन्।
युक्रेनले २००६ देखि उक्त कार्यक्रम अन्तर्गत नाटोसँग सहयोग गर्दै आएको छ भने २०१९ मा हस्ताक्षर गरिएको पक्षहरू बीचको हालको सम्झौता ३१ डिसेम्बरमा समाप्त हुँदैछ।

प्रकाशित मिति: २०:४२ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्