सुदूरपश्चिम प्रदेशमा थप सात जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिम, कात्तिक २७ : सुदूरपश्चिम प्रदेशमा आज थप सात जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन...सुदूरपश्चिम, कात्तिक २७ : सुदूरपश्चिम प्रदेशमा आज थप सात जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १३७ जनाको नमूना परीक्षण गरिएको थियो।
आरटी पीसीआरबाट ६ र एन्टिजेन विधिमार्फत एक जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ६ र एन्टिजेन विधिमार्फत कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि भएको हो। विगत २४ घण्टामा प्रदेशभर ६ जना कोरोनाबाट मुक्त भएका छन्। सो अवधिमा प्रदेशमा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन। शुक्रबार प्रदेशमा कोरोनाबाट १८ सङ्क्रमित भएकामा नौ जना निको भएका थिए।
प्रकाशित मिति: १९:१७ बजे, शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१