Kathmandu Press

आन्दोलनको न्यायोचित निकास खोज्न सरकारलाई त्रिविका चार पूर्वउपकुलपतिको आग्रह

काठमाडौं, कात्तिक २७ : त्रिभुवन विश्वविद्यालयका चार पूर्वउपकुलपतिले नेपाल बार एशोसिएसनको आन्दोलनको न्यायोचित निकास खोज्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। महेशकुमार उपाध्याय,...
आन्दोलनको न्यायोचित निकास खोज्न सरकारलाई त्रिविका चार पूर्वउपकुलपतिको आग्रह

काठमाडौं, कात्तिक २७ : त्रिभुवन विश्वविद्यालयका चार पूर्वउपकुलपतिले नेपाल बार एशोसिएसनको आन्दोलनको न्यायोचित निकास खोज्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। 

महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जङ्ग शाहले शनिबार संयुक्त वक्तव्य जारी गर्दै बार एशोसिएसनको आन्दोलनप्रति जिम्मेवार निकायहरूले उदासीनता देखाएको देशकै लागि दुर्भाग्य भएको बताएका छन्।

विज्ञप्तीमा भनिएको छ, ‘न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ? यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो छ।’

बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ। 

सरकार र राजनीतिक दलहरुले भने न्यायालयको समस्या न्यायालयले नै समाधान गरोस् भन्दै आएका छन्।

प्रकाशित मिति: १९:१० बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्