Kathmandu Press

सुडानमा सेनाले सत्तामा पकड बलियो बनाएपछि विरोध प्रदर्शन

खार्तुम, कात्तिक २७ : प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले शनिबार सुडानको सडकमा सेनाको सत्ता कब्जाको विरोधमा उत्रेका छन्।अमेरिका र अन्य पश्चिमी सरकारहरूको आक्रोशको बाबजुद सेनाले सत्तामा...
सुडानमा सेनाले सत्तामा पकड बलियो बनाएपछि विरोध प्रदर्शन

खार्तुम, कात्तिक २७ : प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले शनिबार सुडानको सडकमा सेनाको सत्ता कब्जाको विरोधमा उत्रेका छन्।

अमेरिका र अन्य पश्चिमी सरकारहरूको आक्रोशको बाबजुद सेनाले सत्तामा आफ्नो पकड कडा पारेको छ। नेता जनरल अब्देल(फताह बुरहानले सुडानको अन्तरिम शासक निकाय, सार्वभौम परिषद्को प्रमुख पुनः नियुक्त गरेको दुई दिन पछि उक्त प्रदर्शनी भएको हो।

बिहीबारको कदमले प्रजातन्त्र समर्थक गठबन्धनलाई थप आक्रोशित तुल्याएको छ र अमेरिका र अन्य देशहरूलाई निराश बनाएको छ। पश्चिमा दैसहरूले जनरलहरूलाई कू उल्टाउन आग्रह गरिरहेका छन्। 

Hardik ivf

सुडानी सेनाले अक्टोबर २५ मा सत्ता कब्जा गरी  संक्रमणकालीन सरकार विघटन गरी दर्जनौं अधिकारी र राजनीतिज्ञहरूलाई गिरफ्तार गरेको थियो । उक्त कूले अन्तरराष्ट्रियरूपमा आलोचित भएको छ भने खार्तुमको सडकमा र देशका अन्य ठाउँमा व्यापक विरोध प्रदर्शन भइरहेको छ।

दुई वर्ष पछि लोकप्रिय विद्रोहले लामो समयको निरंकुश ओमार अल(बशीर र उनको इस्लामवादी सरकारलाई हटाउन बाध्य पारेको थियो। शनिबारको विरोध प्रदर्शनलाई सुडानी व्यवसायी संघ र तथाकथित प्रतिरोध समितिहरूले आह्वान गरेका थिए। दुवै समूहहरू अप्रिल २०१९ मा अल बसिर विरुद्धको लोकप्रिय विद्रोहको पछाडि प्रमुख शक्तिकारूपमा थिए। 

दुवै समूहले सन् २०१९ को अन्त्यमा अपदस्थ गरिएको सङ्क्रमणकालीन सरकार स्थापना गरेको शक्ति बाँडफाँड सम्झौतामा फिर्ताको विरोध गरेका छन्। उनीहरूले लोकतन्त्रमा सङ्क्रमणको नेतृत्व गर्न सरकार नागरिकलाई हस्तान्तरण गर्न माग गरिरहेका छन् ।

सर्वसाधारणलाई सत्ता हस्तान्तरण गर्ने आफ्नो मुख्य मागको सन्दर्भमा प्रदर्शनकारीहरूले ‘नागरिक, नागरिक’ भन्दै राजधानी खार्तुमको छिमेकमा जुलुस निकालिरहेका छन् ।

राजधानीका विभिन्न ठाउँमा कडा सुरक्षाबीच प्रदर्शन भएको छ । अधिकारीहरूले राजधानीका छिमेकीहरूलाई जोड्ने नाइल नदीमाथिका पुलहरू बन्द गरेका छन्।

सुडानमा संयुक्त राष्ट्रसंघका दूत भोल्कर पर्थेसले नियोजित विरोध प्रदर्शनका क्रममा सुरक्षा बलहरूलाई ‘अत्यधिक संयमता अपनाउनू आग्रह गर्दै प्रदर्शनकारीहरूलाई ूशान्तिपूर्ण विरोधको सिद्धान्त कायम राख्नू आग्रह गरेका छन्।

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्