Kathmandu Press

अदालतभित्रको विवादबारे जसपाले कुनै धारणा नबनाएको छैन : मनीष सुमन

काठमाडौं, कात्तिक २७ जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश २ का सांसद मनिष सुमनले अहिले अदालतभित्र भइरहेको विवादको विषयमा आफ्नो पार्टीले...
अदालतभित्रको विवादबारे जसपाले कुनै धारणा नबनाएको छैन : मनीष सुमन

काठमाडौं, कात्तिक २७ : जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश २ का सांसद मनिष सुमनले अहिले अदालतभित्र भइरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियालिरहेको भए पनि यसबारेमा कुनै धारणा नबनाएको स्पष्ट पारेका छन्।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘जनता समाजवादी पार्टी अनुशासित पार्टी हो। सुरुदेखि नै हाम्रो लाईन प्रस्ट छ, अदालतप्रति जनताको अगाध विश्वास छ। अदालतको निर्णय सबैले मान्ने गरेका छन्। अदालतको कुनै निर्णयको विरुद्धमा हाम्रो पार्टीले बोल्दैन।’ 

अदालतभित्रको चलिरहेको आन्दोलनबारे जानेर नै मौन बसेको उनको भनाइ थियो। ‘बार एशोसिएशन विद्धानहरुको थलो हो। श्रीमानहरू पनि छन् । आन्दोलनले छिट्टै निकास पाउला। तर, हामी यो आन्दोलनको पक्ष र विपक्ष कतै पनि आफूलाई उभ्याउँदैनौं।’ 

उनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुई तिहाई चाहिने पनि उल्लेख गरे । उनले भने, ‘अदालतभित्रको विवादको विषयमा भोलि गठबन्धनले केही निर्णय गर्यो भने सोचौंला । तर, यो आन्दोलनसँग हामीले पार्टीलाई अलग्गै राखेका छौं।’ उनले न्यायालयमा भ्रष्टाचार छ भनेर आफूहरु तथ्य नभेटिकन नबोल्ने पनि स्पष्ट पारे। उनले थपे–‘हामी हचुवाको भरमा बोल्दैनौं।’

त्यस्तै, उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि वा उपभोग्य वस्तुमा गरिएको महँगी कसैका लागि पनि आत्मीय हुन नसक्ने टिप्पणी गरे। उनले भने, ‘अन्तर्राष्ट्रिय मूल्य बढेसँगै आयल निगमले मूल्य समायोजन गरेको  हो जस्तो मलाई लाग्छ । तर पनि मूल्यवृद्धिको लागि म खेद व्यक्त गर्दछु।’

उनले अमेरिकी सहयोग सम्झौता एमसीसीलाई पनि आफ्नो पाटीले नजिकबाट नियाँलिरहेको सुनाए । र, आफूहरुलाई एमसीसी उचित र राम्रो लागेको सुमनको तर्क छ। उनले भने, ‘हाम्रो पार्टीले एमसीसीबारे राम्रोसँग अध्ययन गरिरहेको छ। एमसीसी सरकारको विषय होईन, यो संसद्को विषय हो । प्रत्येक पार्टी र सांसदहरुको दायित्व हो । अहिले हामीले राम्ररी अध्ययन गरिरहेका छौं । हामी २४÷२५ जना सांसद छौं। पारितको गर्नको लागि त संख्या पनि चाहियो नि, हामी अध्ययनको क्रममा छौं । एमसीसी सम्झौता अध्ययन गर्दा हामीले राष्ट्रविरोधी प्रावधान हामीले अहिलेसम्म भेटेको छैन। अमेरिकी सेना आउने जुन हल्ला चलाईएको छ, यो पनि गलत हो। नेपालले एमसीसी स्विकार गर्नुपर्छ ।’

त्यस्तै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आए स्वागत गर्न आफूहरु आतुर रहेको सुनाए।

प्रकाशित मिति: १७:५९ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्