मेल्लेख गाउँपालिका मदिरामुक्त घोषणा, महिलाहरु खुसी
अछाम, माघ १७– अछामको मेल्लेख गाउँपालिका–६, लाई मदिरामुक्त वडा घोषणा गरेपछि महिला खुसी भएका छन् । दिनहुँ हुने कलोहल र कुटपिटबाट मुक्त भएको भन्दै महिलाहरू खु....

अछाम, माघ १७– अछामको मेल्लेख गाउँपालिका–६, लाई मदिरामुक्त वडा घोषणा गरेपछि महिला खुसी भएका छन् । दिनहुँ हुने कलोहल र कुटपिटबाट मुक्त भएको भन्दै महिलाहरू खुसी भएका हुन् । मदिरामुक्त वडा घोषणा हुँदा अहिले गाउँ नै शान्त बनेको महिला स्वास्थ्य स्वयंसेविका मन्सरा खड्काले बताइन् ।
‘दिनभरि काममा भएका महिलालाई साँझ घर फर्किने कि नफर्किने भन्ने चिन्ता हुन्थ्यो । अब रक्सी नै बन्द भयो । महिलालाई सजिलो भयो,’ उनले भनिन् ।
दिनभरि विद्यालय पढाउने शिक्षक पनि साँझ घर फर्किँदा रक्सी खाएर आउने गरेको बताउँदै उनले अब महिला र बालबालिकालाई सजिलो हुने सुनाइन् ।
रक्सीका कारण महिलामाथि दिनहुँ हिंसा हुन थालेपछि महिलाहरूले आवाज उठाएका थिए । वडालाई माघ १० गते सुदूरपश्चिम प्रदेशकै पहिलो वडाका रुपमा मदिरामुक्त गरिएको हो ।
उक्त वडामा रहेका १९ वटा इजाजत प्राप्त मदिरा पसल सञ्चालकसँग वार्ता गरी मदिरामुक्त घोषणा गरिएको वडा अध्यक्ष नरपती रावलले बताए ।
चालु आर्थिक वर्ष २०७५–७६ को कर र राजश्व गाउँपालिकाले तिर्ने सहमति भएपछि मदिरा बेचबिखनको इजाजत पाएका व्यपारी सहमत भएका थिए ।
मदिरामुक्त वडामा गाडीबाट ओसारपसार गरेको पाइएमा १० हजार, लुकिछिपी ल्याएमा ७ हजार, बेचविखन गरेको पाइएमा छ हजार र सेवन गर्नेलाई ३ हजार रुपैयाँ जरिवाना तिराउने वडाले निर्णय गरेको छ ।
सबैको सहमतिमा वडा मदिरा मुक्त भए पनि अहिले व्यापारीहरूले इजाजत प्राप्त गर्दा लागेको २० हजार खर्च माग गर्दै आइरहेका छन् । यसका लागि व्यापारीहरूसँग छलफल भइरहेको छ ।








-(86)-1764936079.jpg)


-1764760320.jpg)