Kathmandu Press

अस्वस्थ भएपछि मेडिसिटी अस्पताल पुगे प्रचण्ड

काठमाडौं, कात्तिक २७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ अस्वस्थ भएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन्। सामान्य रुघा खोकीसहितको समस्या देखिएपछि स्वास्थ्य परीक्षणका...
अस्वस्थ भएपछि मेडिसिटी अस्पताल पुगे प्रचण्ड

काठमाडौं, कात्तिक २७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएपछि उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका छन्। 

सामान्य रुघा खोकीसहितको समस्या देखिएपछि स्वास्थ्य परीक्षणका लागि गएको उनको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको छ। 

पछिल्लो समय पार्टी कार्यक्रमका सिलसिलामा उनी देश दौडाहामा छन्। बढी दौडधुपका कारण स्वास्थ्यमा समस्या देखिएको भए पनि अवस्था भने जटिल नरहेको जनाइएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी घरमै आरामा गरिरहेका थिए। महोत्तरीको रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आज जाने तयारीमा भए पनि अस्वस्थताका कारण जान सकेनन्। 

प्रकाशित मिति: १६:५७ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्