Kathmandu Press

दुई सम्प्रदायबीच झडप भएपछि जनकपुरधाममा निषेधाज्ञा

जनकपुरधाम, कात्तिक २७ : छठ पर्वको दिन धनुषाको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा भएको विवाद उग्र रूप लिँदै जाँदा आज दुई...
दुई सम्प्रदायबीच झडप भएपछि जनकपुरधाममा निषेधाज्ञा

जनकपुरधाम, कात्तिक २७ : छठ पर्वको दिन धनुषाको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा भएको विवाद उग्र रूप लिँदै जाँदा आज दुई सम्प्रदायबीच झडप भएपछि जनकपुरधाममा निषेधाज्ञा जारी गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका-२० मा छठ पर्वमा अर्घ्यका लागि घाट बनाउने विषयमा सुरु भएको विवादले आज उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। 

आज दिउँसो २ देखि भोलि (आइतबार) राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे हाे।

झडपमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक महिला गरी तीनजना घाइते भएको बताइएको छ। झडपलाई नियन्त्रणमा लिन एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर-जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरेको हो।

प्रकाशित मिति: १६:४४ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्