Kathmandu Press

उपत्यकामा थप ११८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १४४९ जना

काठमाडौं, कात्तिक २७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ७९, भक्तपुरमा ६ र ललितपुरमा ३३...
उपत्यकामा थप ११८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १४४९ जना

काठमाडौं, कात्तिक २७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ७९, भक्तपुरमा ६ र ललितपुरमा ३३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,४४९ रहेको छ।

तीमध्ये काठमाडौंमा ४६४, भक्तपुरमा ४७३ र ललितपुरमा ५१२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३६ बजे, शनिबार, कात्तिक २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्